काठमाडौँ। जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई आइतबार काठमाडौँबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्