विश्व स्कुल दूध दिवस: दुग्ध उपभोगमा वृद्धिका लागि सरोकारवालाहरू बिच छलफल सम्पन्न


काठमाडाैँ । नेपाल डेरी एसोसिएसनले आफ्नो केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा, विश्व स्कुल दूध दिवसको अवसरमा सरोकारवालाहरूबिच छलफल गरेकाे छ । यस कार्यक्रमको पाचौं दिन, दुग्ध क्षेत्रको विकासका लागि आयोजित विभिन्न कार्यक्रमको समीक्षा गर्दै आगामी योजना बनाइने चर्चा गरिएको थियो।

केन्द्रिय महासचिव हेमचन्द्र खनालले यो कार्यक्रम दुग्ध क्षेत्रको विकासमा अत्यन्तै महत्वपूर्ण हुने बताए। कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत अजय पोखरेल र शंकर अधिकारीको उपस्थिति रहेको थियो। एसोसिएसनका प्रमुख प्रल्हाद दाहालले दुग्धको महत्व र विद्यार्थीहरूको लागि यसको आवश्यकतालाई जोड दिएका छन्।

उपाध्यक्ष दीपप्रसाद धमलाले दूधलाई पौष्टिक तत्वको स्रोत बताउँदै बालबालिकाहरूलाई विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गरे। यसैगरी, एसोसिएसनका सदस्य रमेश सन्जेलले दुग्धका विभिन्न पक्षहरूमा ध्यान दिन आवश्यक भएकोमा जोड दिए।

विश्वभर प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवसमा, २४ वर्षदेखि दूध र दुग्ध पदार्थको उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ। यस वर्ष नेपालमा १०औं पटक मनाइँदै छ, जसमा दुग्ध पदार्थको सेवनमा वृद्धि गर्ने र स्वस्थ जीवनशैलीको लागि जनचेतना जगाउने लक्ष्य छ।

एसोसिएसनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने वाचा गरेको छ, जसले दुग्ध उपभोगमा बृद्धि गर्ने र शिक्षामा सुधार ल्याउने अपेक्षा राखेकाे छ ।