शाओमीले ल्यायो ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’


काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई लक्षित गरी विशेष अफर ल्याएको छ । “दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग” योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४ हजारसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस चाडपर्व विशेष अफर भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “ शाओमीका स्मार्टफोनहरुले हाम्रा ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो । “दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग” क्याम्पेन हामीले यसैको लागि ल्याएका हौ । हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ र त्यसकाे लागि यस्तो अफरहरु प्रभावकारी हुन्छन भन्ने हाम्रो विस्वास रहेको छ ।”

अफरहरुः

रेड्मी नोट १३ः

६/१२८ जीबी: पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९ मात्र
८/२५६ जीबी: पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २५,९९९ मात्र

रेड्मी नोट १३ प्रोः
८/२५६ जीबी: पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र
१२/५१२ जीबी: पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५ जीः

८/२५६ जीबी: पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४४,९९९ मात्र
१२/५१२ जीबी: पुरानो मूल्य रु. ५२,९९९ , अफर मूल्य रु. ४९,९९९ मात्र

६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ ।

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।