दुई महिनामै भित्रिए १६ सय विद्युतीय सवारी


काठमाडौँ । ​​​​​चालू आर्थिक वर्ष २०८१\०८२ को दुई महिनामा १ हजार ६०२ विद्युतीय सवारी (भ्यान, कार र जीप) नेपाल भित्रिएका छन् ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याक अनुसार भदौ महिनासम्म ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको १ हजार ६०२ विद्युतीय भ्यान, कार र जीपहरू नेपाल भित्रिएका हुन् ।

गत साउन महिनामा मात्रै ३८१ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।भदौ महिनामा मात्रै १ हजार २२१ वटा यस्ता विद्युतीय गाडी आयात भएका छन् । सरकारले दुई महिनामा विद्युतीय गाडीमार्फत २ अर्ब ३१ करोड २२ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा चीन, भारत, अमेरिका र जर्मनीलगायतका देशबाट विद्युतीय गाडी आयात हुने गरेको छ ।