मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर नयाँ किर्तिमानी मूल्य कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९१६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।