भदौ महिनामा ५७ हजार नेपाली विदेशिए, यूएई प्रमुख गन्तव्य


काठमाडौँ । भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । गएकाे भदौ महिनामा ५७ हजार ४९३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा २९ हजार ५२८ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदशे पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका छन् ।

भदौ महिनामा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५,कुवेतमा चार हजार २१५, मलेसिया एक हजार १९५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागको तथ्याङ्क छ । त्यसरी बाहिरिनेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् ।