ट्युनिसियाका प्रधानमन्त्रीद्वारा दिगो ऊर्जा मोडेलमा काम गर्ने घोषणा


काठमाडौँ । ट्युनिसियाले आफ्नो ऊर्जा घाटा कम गर्न र दिगो मोडेलमा नयाँ ऊर्जा नीति विकास गरिरहेको प्रधानमन्त्री कमेल मादौरीले बताएका छन् । ट्युनिसियामा मेडिटेरेनियन डेकार्बोनाइजेसन फोरमको उद्घाटन समारोहमा मदौरीले उक्त टिप्पणी गरेका हुन ।

उनले सन् २०५० सम्ममा ऊर्जा खपतलाई ३० प्रतिशतले घटाउने र नवीकरणीय ऊर्जाको एकीकरणलाई ३५ प्रतिशतमा पु¥याउने लक्ष्य राख्दै सन् २०५० सम्ममा कार्बन न्यूट्रलिटीको लक्ष्य राखेको बताए ।

ट्युनिसियाका प्रधानमन्त्रीका अनुसार, नीतिले ऊर्जा उत्पादनका स्रोतहरू विविधीकरण गर्ने, खपतलाई अनुकुलन गर्ने र ऊर्जा पूर्वाधारमा वृद्धि गर्ने लक्ष्य राखेको छ । ट्युनिसियाली सरकारले नवीकरणीय ऊर्जा, विशेष गरी हरित हाइड्रोजनमा निजी लगानीलाई बढावा दिनेछ र उदीयमान व्यवसायहरूलाई प्रोत्साहन दिने बताए ।