बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिका गएका हुन् । बाइडेनले आयोजना गरेको स्वागत समारोहमा ओलीसहित पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।