भदाैंसम्म लघु जीवन बिमा कम्पनीले गरे करिब ७ कराेडकाे व्यापार, कुनको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को दुई महिना (साउनदेखि भदौं) सम्म सञ्चालनमा रहेका तीन वटा लघु जीवन बिमा कम्पनीहरूले करिब ७ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार भदौसम्म तीनवटा कम्पनीहरूले ३ लाख ७१ हजार ९६७ वटा बिमालेख जारी गरेर ६ करोड ९६ लाख ४२ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी व्यापार गार्डियन माइक्रो लाइफले गरेको छ । यो कम्पनीले ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै क्रेष्ट माइक्रो लाइफले २ करोड ६३ लाख ९८ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ भने लिबर्टी माइक्रो लाइफले भने ९९ लाख १ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणले सार्वजनिक गरेकाे तंथ्याकले देखाएकाे छ ।