आन्तरिक उडान ठप्प, एप वा फोनबाट अपडेट लिन वुद्ध एयरको आव्हान


काठमाडौँ। अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ ।

शुक्रवारदेखिको अविरल वर्षाले काठमाडौँ बाहिरका नागरिक उड्डयन कार्यालय बन्द रहेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

शुक्रवारदेखि देशभर २ सय ३८ आन्तरिक उडान रद्द भएका छन्। शुक्रवार ३ सय १६ उडान गर्ने तालिका भएकोमा खराब मौसमका कारण ७८ वटा मात्र उडान भएका थिए।

यसबिच वुद्ध एयरले सबै उडानहरु प्रभावित भएकाले आधिकारिक सूचना लिएर अद्यावधिक हुन अनुरोध गरेको छ ।

वुद्ध एयरले भनेको छ, “लगातारको वर्षा तथा प्रतिकुल मौसमका कारण उडानहरु प्रभावित भएका छन् । उडान सम्बन्धि जानकारीका लागि बुध्द एयरको मोबाईल एप वा कल सेन्टर 01-5970900 मा सम्पर्क गर्नहुन अनुरोध छ ।”