कृषि क्षेत्रमा पुगेको क्षतिको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के -कति क्षती पुर्याएको छ यस्को वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन् ।

बैठकमा क्षतिको एकिन तथ्यांक छिटो संकलन गरि आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।