नेपाल रेडक्रस सोसाइटीद्वारा बाढी, पहिरो प्रभावितको उद्धार र राहतमा स्वयंसेवक परिचालन


काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटीले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गरेको छ ।

दुई दिन लगातार परेको अविरल वर्षाको कारण काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा आएको बाढी, पहिरामा परेकाहरुको उद्धार र राहतको लागि स्वयंसेवक परिचालन गरेको हो ।

शनिवारदेखि बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि रेडक्रम सोसाइटीका स्वयंसेवक परिचालन गरेको सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले बताए । उनले रेडक्रस सोसाइटीले विपद्मा पर्नेहरुलाई स्थानीय सरकारसँगको सहकार्यमा राहत र उद्धारमा परिचालित भएको बताए । उनले देशभर बाढी, पहिरो प्रभावित क्षेत्रमा परिचालन हुन मातहतका सबै स्वयंसेवकहरुलाई अपिल गरे ।

उनले रेडक्रस सोसाइटीले विपद्पूर्व सूचना दिने र विपद्मा उद्धार तथा राहतको काम गर्दै आएको बताए । उनले अहिलेको अविरल वर्षाको कारण परेको विपद्मा पनि काठमाडौं उपत्यकासहित देशभर राहत र उद्धारमा खटिएको बताए । उनले विभिन्न जिल्लाबाट रातहको माग भइरहेको भन्दै सोसाइटीको गोदामबाट पायक पर्ने ठाउँबाट राहतहरु वितरण गरिरहेको बताए ।

उनले विपद्का विषयमा सबै जिल्लाहरुका फोनमार्फत विवरणहरु संकलन गरी उद्धार राहतको लागि टोली परिचालन गरिएको पनि बताए । उनले आज धेरै जिल्लाबाट राहतको माग भइरहेको बताए । उनले रेडक्रसले पहिला नै विपद् आइपर्ने अवस्थालाई ध्यान दिइ राहत सामग्री विभिन्न जिल्लामा पठाएकाले समयमा नै राहत वितरण समेत सोसाइटीले गरिरहेको बताए ।