काठमाडाैँ । सभामुख देवराज घिमिरेले नेपाल—दक्षिण कोरियाबीचको सम्बन्ध सहयोगपूर्ण रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा नेपाल—दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध कायम भएको ५० औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा उनले दुई देशबिच सन् १९७४ मा स्थापना भएको कुटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको उल्लेख गरे ।
उनले नेपाल र कोरियाबिच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षिय सम्झौताहरुले सम्बन्धलाई बलियो बनाएको बताए ।
उनले दुवै देशले एशियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे । कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरुमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेका छन् ।
उनले दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको र नेपालमा रेमिट्यान्स आप्रवाहलाई थप बलियो बनाएको बताए ।
सभामुख घिमिरेले नेपालमा वैदेशिक लगानीको वातावरणलाई विश्वसनीय बनाउन कोरियाली कम्पनीहरुको भुमिका स्मरणयोग्य रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्