काठमाडौँ । पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माणका गर्न भारत सरकारले १५ अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।
भारतको सिलिmगुडीदेखि नेपालकोे झापा चारआलीमा ५० किलोमिटर लामो पेट्रोलियम पाइपलान र झापाको चारआलीमा १८ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको हो ।
यस्तै, नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने छ ।
पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमताको लागि असोज १७ गते नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कार्पोरेशन लिमिटेडका निर्देशक सेन्थल कुमारले बिटुबी फ्रेमवर्क एग्रीमेन्टमा हस्ताक्षर गरेका छन् ।
भारतको दिल्लीमा यो सम्झौता भएको हो । यस्तैm उक्त सम्झौतामा चितवनको लोथरमा ९१ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोग र नेपाल आयल निगमको लगानीमा निर्माण गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्