आइतबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।