काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन्।
आईतवार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताएका हुन्। उनले अन्य छिमेकी राष्ट्रहरुले विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरुप आग्रह गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानीपनि अन्तत्ः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने कुरामा जोड दिए। “जलविद्युतमा व्यक्ति, संस्था, नीजि संस्थाहरु जजसले लगानी गरेपनि २५/३५ वर्ष पछाडी मुलुकको हुने हो । ६४ खर्ब २८ हजार मेघावाट विद्युत उत्पादन गर्नलाई लगानी गर्दैछौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्ण रुपमा नेपाल सरकारको हुने हो” उनले भने, “अहिले हामीलाई १० खर्बको चालु खर्च र ५/७ खर्ब जुटाउन हम्मेहम्मे छ ।”
बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको र यसको अन्य मुलुकतर्फ बढ्न अझै सहयोग पुन्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्