नेप्से ३७ अंकले बढ्यो


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटाको सेयरमूल्य घटेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
सोमबार चन्द्रागिरी हिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनिको २६ करोड २३ लाख रुपयाँ बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ ।
त्यस्तै आज इष्र्टन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।