मंगलबार नेप्से परिसूचक २७ अंकले घट्यो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १२ उपसमुहको सेयरमूल्य घटेको छ भने म्युचुअल फण्ड उपसमुहको सेयरमूल्य स्थिर रहेको छ ।

आजको दिन नेप्सेमा एनएलजी इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आजको दिन इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.५० अंकले घटेको छ ।

कुल ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५ सय २ कित्ता सेयर किनेबच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २ सय ४४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।