खाद्य प्रविधि विभागद्वारा एक हजार ९१ खाद्य उद्योगमा चाडपर्वलक्षित अनुगमन


काठमाडौँ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वको अवसरमा खाद्य पदार्थहरूको व्यापक निरीक्षण र अनुगमन गरेको छ।

गत असोज १ देखि २२ गतेसम्मको अवधिमा विभाग र मातहतका कार्यालयबाट १ हजार ९१ वटा खाद्य उद्योग र व्यवसायको निरीक्षण गरिएको छ। यसमा ५२४ खाद्य बजार, २६९ खाद्य उद्योग र २९८ होटल तथा रेस्टुरेन्ट समावेश रहेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।

“खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत १५७ वटा नमूना संकलन गरिएको छ, जसमा ३५६ नमुनाको विश्लेषण गरियो। विश्लेषणमा ७ वटा नमुनामा प्रतिकुल परिणाम पाइएको छ। यस क्रममा उपभोग्य मिति समाप्त भएका र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थहरूको मूल्य रु। २३लाख९,६२९,६२ जफत गरी नष्ट गरिएको छ,” उनले भने ।

“मोबाइल खाद्य प्रयोगशाला भ्यानहरू सञ्चालनमा आएदेखि प्रशोधित दुध, तेल, प्रशोधित पिउनेपानी, घिउ, पेय पदार्थलगायत विभिन्न खाद्य पदार्थ गरी ९० वटा नमुनाको स्थलगत चेकजाँच गरी प्रारम्भिक प्रतिवेदनअनुसार प्रतिकूल नमुनाउपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही चलाइएको छ,” विभागले उल्लेख गरेको छ ।

त्यस्तै ललितपुरका विभिन्न उद्योगमा मापदण्ड अनुसारका अभिलेख नपाइएपछि उत्पादन रोकिएको छ र ७ खाद्य व्यवसायीहरू विरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ।