कुलमान घिसिङ भन्छन्,‘डेडिकेटेड र ट्रङकलाइनको विषय आम जनताको मुद्दा बनिसकेको छ’


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङकलाइन बक्यौताको विषयलाई राजनीतिकरण गरिएको बताएका छन् ।

टक्सार म्यागजिनको असोज अङ्कमा प्रकाशित अन्तवार्तामा घिसिङले भनेका भनेका छन्,“ नाइटोमा घाउ लागेको छ टाउकोमा औषधी लगाएर हुँदैन । घाउ जहाँ लागेको छ, त्यहीँ उपचार गर्नुपर्छ । डेडिकेटेड र ट्रङकलाइनको बक्यौताको विषयलाई राजनीतिकरण गर्नु हुँदैन्थ्यो ।”

डेडिकेटेड र ट्रङकलाइनको विषय अब आम जनताको मुद्दा बनिसकेको समेत उनले प्रष्ट पारेका छन् । उनले आफ्नो अन्तवार्तामा भनेका छन्,“प्राधिकरणले यो त्यतिकै बिलिङ गरेको होइन । विद्युत प्राधिकरणले हरेक बिलको प्रमाणीकरण गरेर काम गरेको छ । त्यो उहाँहरू(उद्योगिहरू)ले तिर्नुपर्छ ।”

डेडिकेटेड र ट्रङकलाइनको विषयले सबै उद्योग डुब्ने अवस्था आए सरकारको विषय भएको तर प्राधिकरणले उठेको बिलको रकम जसरी पनि लिने बताएका छन् ।

उनले भनेका छन्,“यदि यसैकारणले सबै उद्योग नै डुब्यो भने सरकारले हेर्ने अर्को तरिका होला तर प्राधिकरणले उठेको बिलको रकम लिन्छ ।”

उनले नेपालको उर्जा क्षेत्रलाई अब पुनर्संरचना गर्नुपर्नेमा समेत जोड दिएका छन् । कार्यकारी निर्देशक घिसिङ्सँगको अन्तवार्ता टक्सार म्यागजिनको असोज अङ्कमा पढ्न सक्नुहुने छ –https://thuprai.com/taksar