माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजमा समस्या, आकस्मिक अवतरण


काठमाडौँ । आज बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ।

बिहीबार बिहान साढे ६ बजे बुद्ध यएरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो।

“प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । हाम्रो प्राविधिक टोलिले जहाजको चेकजाँच गरिरहेका छन्,” बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ।