आरएसडिसी लघुवित्तको लाभांश घोषणा


काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ९.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०र८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी साधारण सभाले पारित गरेपछि सेयरधनिलाई वितरण गरिने जनाएको छ ।