लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता÷कार्यकर्ताहरूले बिरोध जनाएका छन् ।

शनिवार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता\कार्यकर्ताहरूले बिरोध जनाएका हुन् । उनीहरूले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरूले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दालल माफियाहरु होशियार लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध जनाएका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।