समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने


काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि एफपीओ एफपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको मूल्य ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबर रहेको छ ।

लघुवित्तले साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न नपुगेको सेयरका लागि एफपीओ जारी गर्न लागेको हो ।

समात घरेलु लघुवित्तले एफपीओमा कात्तिक १२ गतेदेखि दिन २० गतेसम्म आवेदन दिन सकिनेछ । २० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । सेयर खरीदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।