काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
शुक्रबार काठमाडौँबाट सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।
पक्राउ परेको दोस्रो दिन शनिबार परेकाले आज (आइतबार) उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको भन्दै सूर्य थापा नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्