बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६ हजार ४८७, सबैभन्दा बढी बागमतीमा


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६ हजार ४८७ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको शाखा संख्या ५ हजार ६३, विकास बैंकहरुको शाखा संख्या १ हजार १३६ र फाइनान्स कम्पनीहरुको शाखा संख्या २८८ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको शाखा बागमती प्रदेशमा २ हजार २८१ रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २३७ मात्र रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा कोशी प्रदेशमा ९९०, मधेश प्रदेशमा ७१६, गण्डकी प्रदेशमा ८३१, लुम्बिनी प्रदेशमा एक हजार ४५ र सुदूरपश्चिम प्रदेशमा ३८७ रहेको छ ।