विश्व सहकारी कारोबारमा फ्रान्सको दबदबाः २५ प्रतिशत हिस्सा र ६ लाख रोजगारी


काठमाडौँ । फ्रान्सेली सहकारीहरूले विश्व सहकारी अभियानमा २५ प्रतिशत कारोबार हिस्सा ओगटेकाे नयाँ तथ्याङ्क सार्वजनिक भएकाे छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले हालै सार्वजनिक तथ्याङ्क अनुसार फ्रेश्च सहकारीहरूले संयुक्त रूपमा ३४४.७५ विलियन अमेरिकी डलरको बार्षिक कारोबार गर्दछन्।कारोबारका आधारमा फ्रेञ्च, अन्य युरोपेली मुलुकहरूसँगै विश्वका १ सय ठूला सहकारीहरूको तुलनात्मक अध्ययनले उक्त तथ्य पुष्टि गरेको हो

युरोपको मात्र कुरा गर्ने हो भने १ सय ठूला सहकारीहरूको तुलनात्मक अध्ययनका आधारमा फ्रेञ्च सहकारीको योगदान ३६.६ प्रतिशत रहेको छ। युरोपका १ सय ठूला सहकारीहरूमा २३ वटा फ्रेञ्च, १४ वटा जर्मन र १२ वटा डच (नेदरल्याण्ड्सका) रहेका छन् ।

विश्वका १ सय ठूला सहकारीहरूले करिब ३० लाखलाई रोजगारी प्रदान गरेका छन् जसमध्ये २५ लाख बढी (८० प्रतिशत) युरोपेली सहकारीहरूमै खपत भएको छ। रोजगारीका आधारमा फ्रान्स जर्मनीभन्दा पछि छ। जर्मनीले ८ लाख ५७ हजार बढीलाई रोजगारी प्रदान गरेको छ।

फ्रान्सेली सहकारीहरूले ६ लाख १३ हजार ३ सय ५१ जनालाई रोजगारी उपलब्ध गराएका छन्। स्वीट्जरल्याण्डले २ लाख २३ हजार ५ सय २२ जनालाई रोजगारी उपलब्ध गराएको छ। जर्मनीले १५.९ प्रतिशत, जापानले ११ प्रतिशत र अमेरिकाले १०.१ प्रतिशत कारोबार योगदान गरेको तथ्याङ्कले देखाएको छ ।