सी. डाटा कम्युनिकेसन र लाइफ नेट प्रा.लि. को अनुमतिपत्र खारेज


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदाक कम्पनी सी. डाटा कम्युनिकेसन र लाइफ नेट प्रा.लि. को अनुमतिपत्र खारेज गरेको छ ।

प्राधिकरण सूचना जारी गर्दै लाइसेन्स खारेज गरेको जनाएको हो । सी. डाटा कम्युनिकेसनले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेकोले अनुमतिपत्र खारेज गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

यस्तै, प्राधिकरणका अनुसार लाइफ नेट प्रा.लि. अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयभित्र नियमानुसार निवेदन पेश नगरेकोले भदौ ३० गतेदेखि स्वत रद्द भएको हो ।

प्राधिकरणले लाइफ नेटले बुझाउनुपर्ने रकमको सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नको लागि सूचित गरेको छ ।