ग्लोबल आइएमई बैंकले देशको सबैभन्दा ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने


काठमाडौं । ग्लोबल आइएमई बैंकले देशको ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र सौर्य विद्युत परियोजनाको निर्माता कम्पनी प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजना कपिलवस्तुमा निर्माण गरी संचालन गर्ने छ ।

प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटा स्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए ।

प्राइम पावरका लगानीकर्ताको समुहले विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनाहरुमा समेत लगानी गरिसकेको जनाएको छ । नेपालमा सञ्चालित सौर्य परियोजनाहरु मध्य उक्त परियोजना सौर्य उर्जाअन्तर्गत विद्युत क्षेत्रको सबैभन्दा ठुलो क्षमताको परियोजना भएको कम्पनीको दाबी छ ।

बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा लगानी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्दै आएको छ जनाएको छ ।