नेप्से ५८ अंकले घट्यो, ५ अर्ब ९० करोड रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ३ लाख ६७ हजार ८५९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज न्यादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.२० प्रतिशतले घटेको छ ।

कुल ३१९ कम्पनीको एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।