टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू अब इटहरीमा, के छन् त अफर ?


काठमाडाैँ । नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले कोशी प्रदेशस्थित इटहरीमा एक कार्यक्रमकाबिच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरूको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरूले एसीइभी फ्ल्याटबेड रु.२१ लाख ९९ हजार रुपैँया पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९हजार मा उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरूमा ५० हजार रुपैँयासम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ । यसका अतिरिक्त ग्राहकहरूले उक्त गाडीहरूको खरिदमा एक वर्षका लागि निःशुल्क बिमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ ।

उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ,इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरू लगायतकाे उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरूको फाइदा र सञ्चालनका हिसाबले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे ।