सरसफाईमा कमी र लेबल नहुँदा नेपाल डेरीलाई ५० हजार जरिवाना


काठमाडौँ। ललितपुरको हात्तिवनस्थित नेपाल डेरीमा संयुक्त सरकारी अनुगमन टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत पाइएपछि डेरीलाई ५० हजार रुपैयाँ गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुर र स्थानीय निकाय समेतको संयुक्त अनुगमन टोलीले सोमवार अनुगमनको क्रममा बर्गर तथा पिजामा लेवल नभएको तथा सरसफाईमा कमी रहेको कैफियत पाइएको हो ।

उपभोक्ता संरक्षण ऐन बमोजिम ५० हजार जरिवाना तिराउँदै सरसफाईमा ध्यान दिन निर्देशन दिइएको हो।

नेपालको पुरानो डेरी उद्योगमध्येमा पर्ने सो उद्योग डेरी उद्योग संघका पूर्व अध्यक्षसमेत रहेका अरनिको राजभण्डारीसमेत सञ्चालक रहको उद्योग हो ।