मंगलबार नेप्से २५ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब १७ करोड रुपैयाँ


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार गुडविल फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड ३२ लाख ४१ हजार ४६४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.८६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ ।

कुल ३१४ कम्पनीको एक करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।