महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छः रक्षामन्त्री राई


काठमाडाैँ । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलवार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठूलो भुमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अफ्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताएका हुन् ।

उनले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताए । उनले लिपुलेक क्षेत्रको बाटो (कर्णाली करिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको बताए । उनले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर करिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुयाउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।