४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बुधबार बोलकबोलको माध्यमबाट ७ दिनको लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

यसको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बुधबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले कात्तिक १४ गते यसको साँवा ब्याज भुक्तानी गर्ने उल्लेख गरिएको छ ।