विराटनगरको रानीभन्सारमा माटोसहितकाे ५१ सय विरुवा बरामद


काठमाडौँ। नेपाल प्रहरीको कार्यालय विराटनगरले रानीभन्सारबाट आएको माटोसहितको १२ थरिका विभिन्न विरुवा बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले आज विहान करिब ९ बजे, भारतबाट माटोसहितको १ लाख ४७ हजार ९ सयको मूल्य बराबरको ५१ सय ओटो मोटो सहितका विरुवाहरु नियन्त्रणमा लिएका हुन्।

उक्त ट्रकमा रहेका विरुवामा एरिका प्लाम ७००, रेड मेकहिरा ५००, एगलोनिमिया २००, टिकओमा १०००, एडिनियम ४०० लगायतका अन्य थरीका विरुवाहरू समावेश छन्।

नेपाल प्रहरी कार्यालय विराटनगरका अनुसार, प्रहरीले उक्त विरुवाहरू र ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँचका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको क्वारेन्टाइन कार्यालय, बिराटनगर, मोरङमा पठाएको छ। अनुसन्धानपछि कारबाही अघि बढाउने प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र ललितपुरका प्रमुख भोजराज सापकोटले सो विषयमा चेकजाँचको कार्य सुरू गरिएको जानकारी दिए। नेपाल फोलोरिकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले उक्त घटनाले नेपालमा भित्र्याइने बोटबिरुवाको क्वारेन्टाइन प्रक्रिया र नीतिहरूप्रति ध्यानाकर्षण गराएको बताए । उनले आयात हुने बोटबिरुवाहरूको सही अनुगमन नगर्दा कृषिमा नराम्रो असर पार्ने बताए ।

उनले भने, ूयस घटनाले अवैध व्यापार र माटोमा हुने संभावित रोग र कीटको प्रभावलाई पनि उजागर गरेको छ, जसले नेपालको कृषि र वन्यजन्तुमा नकारात्मक प्रभाव पार्न सक्छ।

नेपाल सरकारको नीति अनुसार, वनस्पति र कृषि क्षेत्रमा विशेष नियम र मापदण्डहरू लागू गरिएको छ। यस अन्तर्गत, मोटो सहितको बिरुवा, जुन विकास र वातावरणीय सुरक्षामा असर पार्न सक्ने हुनाले ल्याउन अनुमति दिइएको छैन।

तर, कोकोपिटलाई ल्याउन अनुमति दिइएको छ। कोकोपिट, जुन नारियलको छालाबाट बनेको माटोको विकल्प हो, माटोको गुणस्तर सुधार्न र बिरुवाहरूको विकासमा मद्दत गर्दछ।