भक्तपुर । नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघर भक्तपुरमा रहेको अस्पतालले सामुदायिक विकास सेवा केन्द्र र प्रहरी सेवा केन्द्रको सहकार्यमै अस्पताल परिसरमै शिविरको आयोजना रहेको हो ।
शनिबार गरिएको शिविरमा जनरल फिजिसियन, जनरल, सर्जरी, स्त्री रोग विशेषज्ञ,बालरोग विशेषज्ञ लगायतका सेवा प्रदान गरिएको अस्पतालकी नर्सिङ प्रमुख गंगा पौडेलले जानकारी दिइन् ।
सिबिसी,आरबिएस,युरिन आरएमइ समेत शिविरका क्रममा निशुल्क सेवा प्रदान गरिएको थियो ।
शिविरको अवसरमा सबै फार्मेसी सेवाहरूमा १० प्रतिशत छुट तथा इसिजी, युएसजी, सिटि स्क्यान, एक्स—रे तथा इको लगायतमा २० प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ । शिविर विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्