महासंघका पूर्व अध्यक्ष मुरारकाले भनेः प्रमाण बिना भुक्तानी गर्दैनाैँ


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत प्राधिकरणले गरेको भुक्तानीको मागप्रति कडा आपत्ति जनाउँदै प्रमाण बिना कुनै भुक्तानी नगर्ने स्पष्ट पारेका छन्।

बिहीबार प्राधिकरणले भुक्तानी नगरेको कारण देखाउँदै ३४ ओटा उद्योगहरूको लाइन काटेको विषयमा बन्द भएका उद्योगीहरूले गरेको पत्रकार सम्मेलनमा मुरारकाले आफ्नो धारणा व्यक्त गरेका हुन्।

उनले भने, “यति पैसा तिर्न बाँकी छ भन्दैमा हामी तिर्दैनौँ। प्रमाण दिनुहोस, हामी तिर्छौं। उद्योग बन्द गरेर फिरौती नमाग्नुस्।” मुरारकाले लाल आयोगको निर्देशनअनुसार प्रमाण आएमा मात्र भुक्तानी दिने बताए।

यस घटनामा राज्यको इकाईमा गुनासो रहेको र यस विषयलाई सधैंको लागि अन्त्य गर्न आग्रह गर्दै उनले राज्य निकायहरूको असंलग्न र आधारहीन दाबीलाई नाफा देखाउने प्रयासमात्रै भएको आरोप लगाए।

पूर्व अध्यक्ष मुरारकाले लोडसेडिङको समयमा विद्युत प्रयोग नगरेको र त्यसबारे हरेक महिना बिल आएको हुँदा भुक्तानीमा निरन्तरता रहेको धारणा पनि राखेका छन्।