काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को प्रथम त्रैमास (साउन–असोज) सम्म जीवन बिमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका छन् ।
संचालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ३३ लाख ३५ हजार ९९८ वटा बिमालेख जारी गरी कुल ४१ अर्ब ८ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका हुन् । उक्त अवधिसम्म सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
उक्त कम्पनीले सो अवधिसम्मा ११ अर्ब ९९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ४ अर्ब ९० करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । त्यसैगरी, तेस्रोमा एलआइसी कार्पोरसन नेपाल छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।
त्यस्तै, हिमालयन लाइफले ४ अर्ब ३१ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सूर्यज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ४९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यस्तै सिटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।
मेट लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय जीवन बिमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।
यता प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा आइएमई लाइफले १ अर्ब २१ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । त्यस्तै रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने सन् नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्