प्रथम त्रैमासमा चार निर्जीवन लघुबिमा कम्पनीको व्यापार १८ करोड नाघ्यो, नेपाल माइक्रो इन्स्योरेन्स शीर्ष स्थानमा


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को प्रथम त्रैमास (साउन–असोज) सम्म सञ्चालनमा रहेका चार वटा निर्जीवन लघुबिमा कम्पनीहरूले १८ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार सो अवधिसम्म कम्पनीहरूले ६९ हजार ७९० वटा बिमालेख जारी गर्दै १८ करोड ५६ लाख रुपैयाँ कुल बिमामाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी व्यापार नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। कम्पनी साे अविधसम्म ५ करोड ५० लाख ५३ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ६१ लाख २६ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। यसैगरी ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ करोड २६ लाख ५५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गर्दा स्टार माइक्रो इन्स्योरेन्सले ४ करोड १८ लाख ५ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।