काठमाडौँ । सीतापाइला–धार्के सडकको स्तरोन्नति गर्नका लागि भाेलि (कार्तिक २३) देखि १५ दिनका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार उक्त सडक खण्डको कालोपत्रे कार्य भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन र हलुका सवारी साधन (चार पाङ्ग्रे) बाहेकका सबै प्रकारका सवारी साधनलाई उक्त सडक खण्डमा पूर्ण रूपमा रोक लगाइने छ।
सडकको स्तरोन्नति कार्यको अवधि भरी, सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गका रूपमा गल्छी-विदुर-छहरे-टोखा वा धार्के नौविसे-नागढुंगा सडक प्रयोग गर्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्