काठमाडाैँ । फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसनले अक्टोबर २०२४ को सवारी साधन बिक्रीको प्रतिवेदन सार्वजनिक गरेको छ। जसअनुसार, भारतीय अटो बजारमा वार्षिक आधारमा ३२.१४ प्रतिशतको वृद्धि देखिएको छ र कुल २८ लाख ३२ हजार ९४४ सवारी साधन बिक्री भएको हो। गत वर्ष सोही महिनामा २१ लाख ४३ हजार ९२९ सवारी साधन बिक्री भएका थिए।
जसमा सबैभन्दा बढी ३६.३४ प्रतिशतको वृद्धि दुई पाङ्ग्रे सवारी साधनको बिक्रीमा देखिएको छ। अक्टोबर महिनामा देशभर २० लाख ६५ हजार ९५ दुईपाङ्ग्रे सवारी बिक्री भएका थिए, जसमा हिरो मोटोकर्पले ५ लाख ७६ हजार ५३२ सवारी बिक्री गर्दै पहिलो स्थानमा रहेकाे छ । गत वर्षकाे अक्टोबरमा १५ लाख १४ हजार ६३४ दुई पाङ्ग्रे सवारी बिक्री भएका थिए।
व्यावसायिक सवारी साधनको बिक्रीमा पनि वृद्धि देखिएको छ, जुन ६.३७ प्रतिशतले बढेको छ। यस क्षेत्रमा टाटा मोटर्सले ३० हजार ५६२ सवारी बिक्री गरेको छ।
प्यासेन्जर भेहिकलको बिक्रीमा मारुती सुजुकी अग्रणी रहेकाे छ, जसले १ लाख ९९ हजार कार बिक्री गरेको छ। यससँगै, मारुती सुजुकीको बजार हिस्सा वार्षिक आधारमा ४०.४८ प्रतिशतबाट बढेर ४१.३३ प्रतिशत पुगेको छ। गत वर्षको अक्टोबरमा कम्पनीले १ लाख ४७ हजार कार बिक्री गरेको थियो। यसरी, मारुती सुजुकी प्यासेन्जर गाडी बिक्रीमा पहिलो स्थानमा रहेको छ।

 
                            

                    
प्रतिक्रिया दिनुहोस्