साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनिलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आव २०८०र८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।