काठमाडौँ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ।
सभापति लामिछानेलाई आइतबार कास्की जिल्ला अदालत उपस्थित गराइएको हो। अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो ।
कात्तिक २ गते केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा लगेपछि उनलाई चौथो पटक अदालतमा उपस्थित गराइएको छ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्