काठमाडौँ । ओबेन इलेक्ट्रिकले ओबेन रोर इजेड इलेक्ट्रिक बाइक भारतमा सार्वजनिक गरेको छ । बाइकको टप मोडलले फुल चार्जमा १७५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यो बाइकलाई ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । बैंगलोरमा आधारित स्टार्टअपले विभिन्न ब्याट्री प्याक विकल्पहरू सहित तीनवटा भेरियन्टमा इलेक्ट्रिक बाइक ल्याएको छ।
बाइकको प्रारम्भिक मूल्य ८९,९९९ भारु एक्स-शोरुम राखिएको छ, जुन टप भेरियन्टमा १.०९ लाख एक्स-शोरुममा जान्छ। यी परिचयात्मक मूल्यहरू हुन्।
ग्राहकले बुकिङ रकम रु २,९९९ तिरेर अनलाइन वा आफ्नो नजिकको डिलरसिपमा बाइक बुक गर्न सक्ने कम्पनीले जनाएकाे छ । परीक्षण सवारी र डेलिभरी तुरुन्तै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्