काठमाडौँ । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज दोस्रो दिन बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ ।
मंगलबार पोखराबाट ल्याएर साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको मौखिक बयान लिइएको थियो । आज भने लिखित रूपमै प्रश्न राखेर बयान लिन सुरू भइसकेको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रूपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्