काठमाडौँ । नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले हिजाे (मंगलबार) एक सूचना प्रकाशित गरी बिहीबारदेखि नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाबाट काठमाडौँ–धादिङ सुरुङ मार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक बन्द गरिने जनाएको छ ।
नागढुंगा सुरुङ्ग मार्ग निर्माण आयोजनाबाट काठमाडौँ- धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) यही कात्तिक २९ देखि मंसिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्