शिवम् सिमेन्टले पहिलाे त्रैमासमा एक करोड २७ लाख रुपैयाँ नाफा कमायो


काठमाडौं । शिवम् सिमेन्टले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३४ लाख २० हजार रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको आम्दानी १ अर्ब ४० करोड ६३ लाख ८० हजार रुपैयाँ कायम भएको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १३.५९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ६२ करोड ७५ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३९७.६३ प्रतिशत बढेर १० करोड ५७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १२ लाख ४९ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो ।

कम्पनीको खर्च २२.८५ प्रतिशतले पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड ५४ लाख ९१ हजार रुपैयाँ खर्च गरेकोमा चालू आर्थिक वर्षको समिक्षा अवधिमा १९ करोड ९३ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ कोड ७० लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.२८ रुपैयाँ छ ।