काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि बोलकबोल माध्यमबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी सहभागी हुन पाउने छन् ।
राष्ट्र बैंकले यसको साँवा तथा ब्याज भुक्तानी मंसिर २३ गते गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्