काठमाडौँ । प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
सोमवार बसेको मन्त्रीपरिषद् वैठकले ढुंगानाको निधनमा गहिरो शोक, श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै राष्ट्रिय सम्मानकासाथ अन्त्यष्टी गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी गराए ।
वैठकले आज, सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाइने भएको छ ।
पूर्वसभामुख ढुंगानाको मंसिर २ गते आईतवार ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्